• Saturday 17th of October 2026

युवतीको बीभत्स हत्या : अनुसन्धानमा कुकुरको सहारा


  • धनकुटा खबर
  • .

पाल्पा । पाल्पामा एक युवतीको घाँटी रेटेर बीभत्स ढङ्गले हत्या भएको घटनाको अनुसन्धान गर्नको लागि भैरहवाबाट कुकुर घटनास्थलमा लगिएको छ । पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नम्बर १ ख्याहामा १९ बर्सिया पदमा सुनारको हत्या भएको अवस्थामा मङ्गलवार साँझ युवतीको शव फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डिएसपी सुगन्ध श्रेष्ठले हत्याको विषयमा अनुसन्धान गर्नेको लागि भैरहवाबाट तामिल प्राप्त कुकुरलाई घटनास्थल लगिएको रातोपाटीलाई बताए।

उनी स्थानीय शारदा माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन्। शवलाई अहिले पोष्टमाट्मको लागि जिल्ला अस्पताल तानसेन ल्याएको छ ।

स्थानीयले हत्या भएको आशङ्का गरेका छन् । डिएसपी श्रेष्ठले भने ‘हामी अनुसन्धान सुरु गरिसका छौ , अब के के प्रमाण भेटिन्छ त्यस आधारमा थप अगाडि बढ्नेछौँ ।

जिल्ला प्रहरी, हार्थोक प्रहरी चौकी, सर्देवा प्रहरी चौकीबाट प्रहरी खटिएर अनुसन्धान थालेको उनले बताए । किशोरीको शव क्षतविक्षत अवस्थामा रहेको स्थानीय बासिन्दा रामप्रसाद न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖