काठमाडौ । रौतहटको वृन्दावन नगरपालिकामा श्रीमानले आफनै श्रीमतीको घाँटी छिनाएर हत्या गरी आफू पनि हत्याको प्रयास गरेका छ्न ।
आफु पनि मर्ने प्रयास गर्दा घाइते भएका छ्न ।
वृन्दावन नगरपालिका वडा नम्वर १ भोटिया टोलामा घरायसी विवादको कारण ३७ बर्षिय श्रीमान तिर्थ वाइवाले आफनै ३५ बर्षिया श्रीमती सेती माया तामाङलाई बुधवार दिउसो ४.३० बजेको समयमा घाँटी छिनाएर हत्या गरेका हुन् ।
