• Saturday 17th of October 2026

धनकुटामा सवारी दुर्घटना, एक जनाको मृत्यु


  • धनकुटा खबर
  • .

धनकुटा, १५ चैत । धनकुटामा आज दिउँसो पिकअपले विभिन्न सवारी साधानलाई ठक्कर दिई दुर्घटना हुंदा एक जनाको मृत्यु भएको छ ।

आज दिउँसो करिब साढे १ बजे सिंधुवा बाट धनकुटा तर्फ आउँदै गरेको बा.प्र ०१–८९९२ नम्बरको पिकअप धनकुटा नगरपालिका ६ कोल्ड स्टोर स्थित कोशी लोकमार्गमा सडकको साइडमा रोकी ग्यास लोड गर्दै गरेको बा.प्र ०१–००६ ख ४६५२ नम्बरको ट्रकमा ठक्कर दिदाँ ग्यास लोड गर्दै गरेको ट्रक चालक सिराह जिल्ला गोलबजार घर भई हाल धनकुटा नगरपालिका ९ गुठीटार बस्ने ३० बर्षिय निरन ठकुरीको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।

त्यस्तै पिकअप चालक धादिङ्ग जिल्ला सिद्धलेख गाउँपालिका ३ बस्ने बर्ष ३८ को चेत बहादुर विशँुखेलाई प्रहरीले नियन्त्रणमा लिई सकेको छ । पिकअपले मोटर साईकाल, लहरी ट्रक र स्कुटर लाई समेत ठक्कर दिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖