• Tuesday 20th of October 2026

बालुवाटार पुगे प्रचण्ड, ओली र देउवा पनि जाँदै


  • धनकुटा खबर
  • .

काठमाडौं,१७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज छलफल हुने भएको छ । तीन नेताबीच साँझ ५ बजेपछि भेटवार्ता हुन लागेको हो ।

शान्ति प्रक्रिया टुंगोमा पु¥याउने र संवैधानिक परिषद्का विभिन्न विषयमा छलफल गर्नका लागि तीन नेताबीच भेट हुन लागेको स्रोतले बताएको छ।

प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्को बैठक भोलि बस्दैछ । संवैधानिक निकायका विभिन्न पदमा लामो समयदेखि पदाधिकार्हिरु रिक्त रहेका छन् । भोलिको बैठकले केही आयोगहरुमा पदाधिकारी नियुक्तीका लागि सिफारिस गर्ने सम्भावना रहेको छ । आजको भेटमा सो बारेमा पनि छलफल हुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖