• Tuesday 20th of October 2026

दुई मोटरसाइकल एकआपसमा ठोकिँदा एक जनाको मृत्यु


  • धनकुटा खबर
  • .

रौतहट, १८ चैत । आज बिहान रौतहट जिल्लामा दुई मोटरसाइकल एकआपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बौधीमाई नगारपालिका-४ इनर्वारी निवासी २५ वर्षीय सुरेश पासवान रहेका छन् ।

बिहान रौतहटको परोहा नगारपालिकाको बसन्तपट्टी र लौकाहाको बीचमा दुर्घटनामा परि गम्भीर घाइते भएका पासवानलाई थप उपचारका लागि विरगंज पठाइएको थियो तर उपचारको क्रममा उनको निधन भएको प्रहरीले जनाएको छ ।

रौतहटको हुलाकी राजमार्गमा बौधीमाई नपा ४ इनर्वारीका पासवान र परोहा नगरपालिका जिगडवा निवासी अलियासको मोटरसाइकल एकआपसमा ठोकिँदा दुर्घटना भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖