• Tuesday 20th of October 2026

रविलाई कांग्रेसको आग्रह- ‘छानविनमा दोषी देखिए सजाय भोग्नुस्, नभए फेरि गृहमन्त्री हुनुस्’


  • धनकुटा खबर
  • .

काठमाडौं : नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नुपर्ने माग गरेको छ।

सोमबार प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै नेपाली कांग्रेसका सांसदहरू उठेपछि सभामुख देवराज घिमिरेले कांग्रेसकी सांसद् प्रतिमा गौतमलाई बोल्न समय दिए।

सत्यतथ्य अनुसन्धान र छानबिनको माग गर्दै उनले सत्ता साझेदार दलको सभापतिलाई जोगाउन सरकार लागेको आरोप लगाइन्।

सरकार र सत्ता साझेदार दलका नेताहरू आफैँ न्यायाधीश र आफैँ अदालत बनेको भन्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्को रोष्टममा उभिएर आफू अनुकुल फैसला सुनाएको बताए।

संसदीय छानबिन समिति वातावरण निर्माणको लागि सरकारसँग आग्रह गर्र्दै उनले गृहमन्त्रीले पनि छानिबन हुन्जेलसम्म पद छाड्न सुझाव दिइन्।

‘संसदीय छानबिन समिति बनाएर अनुसन्धान गरौं, दोषी देखिए कारबाही भोग्नुहोला, नदेखिए पुनः गृहमन्त्री बनेर आउनुहोला,’ उनले थपिन्, ‘हामी पनि सहयोगै गरौंला।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖