• Tuesday 20th of October 2026

नाउपा नेताको दावी- रेशम चौधरीले बालुवाटार बाहिर कुट्ने र हत्या पनि गर्न सक्ने धम्की दिए


  • धनकुटा खबर
  • .

काठमाडौं । नागरिक उन्मुक्तिका केन्द्रीय सदस्य रमेश विश्वकर्माले पार्टीका संरक्षक रेशम चौधरीले बालुवाटारमा प्रधानमन्त्री भेट्न जान्छौँ भन्दै कुट्ने र हत्या गर्ने धम्की दिएको दाबी गरेका छन्।

नागरिक उन्मुक्ति पार्टीको बैठकमा कुटिएपछि नेता विश्वकर्माको पत्रकार सम्मेलन आफूहरूको हत्या गर्नेसम्मको धम्की चौधरीबाट आएको बताए।

उनले भने- गठबन्धनको सरकारमा जाने नजाने भन्ने विषयमा हामीले तीन सदस्य वार्ता टोली बनाएका छौँ। त्यसमा दामोदर पण्डित पनि हुनुहुन्छ। सरकार गठनको विषयमा छलफल गर्न प्रधानमन्त्री भेट्न बालुवाटार जाने भन्दा उहाँले म तिमीहरूलाई बालुवाटार बाहिरै पिट्छौँ भन्नुभएको थियो।यो विवाद केन्द्रीय कमिटी र अनौपचारिक छलफलमा पनि सुरु भएको थियो। उहाँले यहाँभन्दा अगाडि २५ २५ हजार लिएर केन्द्रीय सदस्य बाँडेको छ, अवैधानिक पत्र दिएर तीनलाई केन्द्रीय सदस्य त बनाउनुभयो। निर्वाचन आयोगमा अध्यावधिक गराउन त जानुभएन त्यहाँ पार्टी चुक्यो कि चुकेन त्यसको जिम्मेवारी कसले लिने भन्ने प्रश्न उठाएपछि उहाँहरूले भौतिक आक्रमण गरे।

उनले आज भौतिक आक्रमण भएकोप्रति डर नभए पनि हिजो चौधरीले सुदूरपश्चिम सरकार ढल्यो भने चार जनाको हत्या हुनसक्ने चेतावनी दिएको सुनाए।

उनले पार्टीका नेताहरुको केही घटनामा परेर मृत्यु हुने, कुनै दुर्घटनामा पर्ने वा कसैले हत्या गर्यो भने सबै दोष नेता चौधरीकै हुने बताए।

उनले थपे- हामी चार जना मात्रै नभई संस्थापक केन्द्रीय अध्यक्षसहित २१ जनाको यदि कसैले कुटपिट गर्‍यौ, कुनै दुर्घटनामा मृत्यु भयो या कुनै समूहले हत्या गर्‍यो भने त्यसको सम्पूर्ण जिम्मेवारी हिजो बोलेको वक्तव्य अनुसार रेशम चौधरीले लिनुपर्छ। म प्रधानमन्त्री र गृहमन्त्रीलाई पनि अनुरोध गर्छु हाम्रो हत्याको कुरा छ यसलाई रिसियस रूपमा लिनुहोला ।

उनले नेता चौधरीले आफूले आवेशका बोलेको भन्दै माफी मागेको समेत बताए।उनले भने- आवेशमा बोलेको कुरा हो भने आज सुनियोजित ढंगले उहाँले भौतिक आक्रमण गराउनुभयो भने त्यो हिजो बोकेको कुराको सुरुआत हो कि भन्ने लागेर बोकेका हौँ।

उनले बाहिरबाट ढोकामा चुक्कुल लगाउनुको साथै केन्द्रीय सदस्यबाहेकका मान्छेहरू पनि भएकाले चौधरीकै निर्देशनमा आफूहरूमाथि आक्रमण भएको जिकिर गरे।

उनले अध्यक्ष रञ्जिता श्रेष्ठ आक्रमण भएको करिब ३० मिनेटपछि मात्रै आइपुगेको बताउँदै गराउँदै सबै जानकारी गराइसकेको बताए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖