काठमाडौँ । रास्वपाका सभापति, उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले एमालेका स्वर्गीय नेता सुवास नेम्वाङको विरासत बोक्न इलामको माटोमा राष्ट्रिय स्वतन्त्र पार्टी आएको बताएका छन् ।
इलाम क्षेत्र नम्बर २ मा उपनिर्वाचनका लागि उम्मेदवार सार्वजनिक कार्यक्रममा शनिवार बोल्दै उनले मिलन लिम्बुलाई आफ्नो दलले उम्मेदवार बनाएको बताउँदै इलामले घण्टी बजाएरै छोड्ने दाबी गरे ।
अब नयाँ पार्टी रोज्नुपर्ने बताउँदै उनले कुनै पार्टीमा भएपनि आफ्नो दल नछोडी मत परिवर्तन गरी घन्टिमा मतदान गर्न सक्ने पनि उल्लेख गरे । जसले देशलाई हरितन्नम बनाए तिनै दललाई भोट नदिन उनले आग्रह गरे ।
लामिछानेले एकपटक राष्ट्रिय स्वतन्त्र पार्टीलाई विश्वास गर्न आग्रह गर्दै आफ्नो दलले काम नगरे अर्कोपटक घण्टी निषेधित क्षेत्र घोषणा गर्न समेत आग्रह गरे ।
