सुर्खेत । कर्णाली सरकारको नेतृत्व नेकपा एमालेले पाएको छ ।
सत्तारुढ गठबन्धनको केन्द्रीय सहमति अनुसार पहिलो चरणमा कर्णालीको नेतृत्व एमालेलाई दिने सहमति भएको नेकपा माओवादी केन्द्रका प्रदेश इन्चार्ज कालिबहादुर मल्लले रातोपाटीलाई बताए ।
‘निर्णय भएर सर्कुलर पनि आइसकेको छ,’उनले भने, ‘निर्णय मान्नै पर्ने हुन्छ ।’
मुख्यमन्त्री राजकुमार शर्माले भने मंगलबार विश्वासको मत लिने तयारी गरेका थिए ।
