• Tuesday 20th of October 2026

सुदूरपश्चिमकै पहिलो महिला पाइलट बनिन् बाजुराकी अमिसा !


  • धनकुटा खबर
  • .

धनगढीः बाजुराकी २० वर्षीया अमिसा कार्की सुदूरपश्चिमकै पहिलो महिला पाइलट बनेकी छन्। पहिलो परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेकी बाजुराको बुढीनन्दा नगरपालिका–७ पान्डुसैनकी कार्की सुदूरपश्चिमकै पहिलो महिला पाइलट हुन्।

उनले साउथ अफ्रिकाबाट पाइलट अध्ययन गरेर उडानसमेत सफलता पूर्वक सम्पन्न गरिन्। बाजुराजस्तो दुर्गममा जन्मिएर पढेकी २० वर्षीय अमिसा हाल साउथ अफ्रिकामा छिन्। गत मंसिरमा नेपाल छोडेकी उनी साउथ अफ्रिका पुगेर पढ्न थालेकी थिइन्। उनले उतै हालै पाइलटको ट्रेनिङ र पहिलो परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको जनाइएको छ।

छोरीको सफलताले आफू निकै हर्षित भएको उनका पिता मीन कार्की बताउँछन्। उनले आफ्नी छोरीले १८ महिने ट्रेनिङ सकेको र अब नेपालमा लाइसेन्स लिएर पाइलट बन्न सकिने बताए।

उनका पिताका अनुसार अमिसाले बाजुराबाटै १० कक्षा पास गरेर काठमाडौं गएकी थिइन्। काठमाडौंबाट १२ पास गरेर साउथ अफ्रिका उडेकी थिइन्। अमिसा बाजुराको सदरमुकाम मार्तडीस्थित गैरीबजारमा रहेको क्रियटर जोन एकेडेमीका प्रिन्सिपल मिनकी जेठी छोरी हुन्। शैक्षिक क्षेत्रमा क्रियाशील रहेका कार्कीले छोरीको पाइलट बन्न सपना पूरा हुन लागेकोमा खुसी व्यक्त गरे।

अमिसाको १८ महिने पाईलट कोर्ष पूरा गर्नका लागि मात्रै करिब ८० लाख बढी लगानी लाग्ने भएको छ। मीनका जम्मा ५ वटा सन्तानमध्ये ४ छोरी र १ छोरा छन्।-नयां सन्देश

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖