• Monday 5th of October 2026

नेम्वाङको निधनप्रति एमाले सचेतक बर्तौला- हाम्रो मियो ढल्यो, अभिभावक गुमायौं


  • धनकुटा खबर
  • .

नेकपा एमालेका सचेतक महेश बर्तौलाले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको निधनसँगै ‘मियो ढलेको’ बताएका छन् ।

एमाले नेता नेम्वाङको निधनसँगै एउटा अभिभावक गुमाएको उनले बताएका छन् । ‘आज हाम्रो मियो ढल्यो । अभिभावक गुमायौं । कहिल्यै बिर्सने छैनौं । आदरणीय नेता सुवास नेम्वाङज्यू,’ सामाजिक सञ्जालमा उनले लेखेका छन् ।

हृदयाघात भएर नेम्वाङको गएराति निधन भएको छ । नेम्वाङको पार्थिव शरीर त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।

नेम्वाङको पार्थिव शरीर श्रद्धान्जलीका लागि पार्टी कार्यालय च्यासलमा राखिने भएको छ । नेम्वाङको शव अहिले बिहान ७ बजेदेखि पार्टी कार्यालयमा राखिने एमाले नेता प्रदिप ज्ञवालीले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖