• Tuesday 20th of October 2026

ट्याक्सी दुर्घटनामा बेपत्ता भएका युवकको शव फेला


  • धनकुटा खबर
  • .

गोरखा : ट्याक्सी दुर्घटनामा त्रिशुली नदीमा बेपत्ता भएका गोरखा नगरपालिका–७ का १८ वर्षिय विवश रोकाको शव फेला परेको छ । बुधबार चितवनको इच्छाकामना गाउँपालिका–६ टोपे खोला नजिकै त्रिशुली नदी किनारमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी भेषराज रिजालले जानकारी दिए ।

बिहान ८.१५ बजे शव भेटिएको प्रहरीले जनाएको छ । गत शनिबार काठमाडौंबाट गोरखा आउँदै गरेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी त्रिशुलीमा खसेर दुर्घटना भएको थियो । दुर्घटनामा एकै परिवारका पाँच जनाको निधन भएको थियो । ट्याक्सीमा सवार विवश रोका भने बेपत्ता थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖