• Monday 5th of October 2026

हिजो बिहानैदेखि ज्वरो थियो सुवास नेम्वाङलाई, घरमै आएका थिए डाक्टर


  • धनकुटा खबर
  • .

हृदयघातका कारण निधन भएका संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ सोमबार दिनभर घरमै आराम गरेर बसेका थिए।

उनकी श्रीमती विशाल नेम्वाङका अनुसार आइतबार धरान पुगेर फर्किएका नेम्वाङलाई सोमबार बिहानैदेखि ज्वरो आएको थियो।

नेम्वाङको निधनपछि विशाललाई भेट्न उनको निवास बालुवाटार पुगेका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग उनले सुवास नेम्वाङलाई दिनभरजसो नै ज्वरो आएपछि घरमै आराम गरेको बताएकी हुन्।

घरमै आएका डाक्टरले हिजो साँझ पनि नेम्वाङको स्वास्थ्य परीक्षण गरेका थिए। त्यतिबेला उनलाई १०२ डिग्री ज्वरो आएको थियो।
डाक्टरले स्वास्थ्य परीक्षण गरेपछि अस्पताल जानुपर्दैन घरमै आराम गर्दा हुन्छ भनेकाले नेम्वाङले आराम गरेका थिए।

बेलुका सुप खाएर सुतेका नेम्वाङ राति १ बजेतिर घरको शौचालयमा बेहोस भेटिएपछि शिक्षण अस्पताल महाराजगञ्ज पुर्‍याइएको थियो।
अन्तरिम संसदको सभामुख र संविधान सभाको दुई कार्यकाल अध्यक्ष रहेका नेम्वाङ समन्वयकारी नेता थिए।

उनको पार्थिव शरीर भोलि (बुधबार) सम्म पार्टी कार्यालय च्यासलमा राखिने एमालेले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖