• Tuesday 20th of October 2026

जसपाबाट समानुपातिक सांसदमा हसिनाको नाम सिफारिस


  • धनकुटा खबर
  • .

काठमाडौँ । जनता समाजवादी पार्टीले समानुपातिक सांसदका लागि बाँकेकी हसिना खातुनको नाम सफारिस गरेको छ । समानुपातिक सांसद मञ्जु अन्सारीको निधन भएपछि रिक्त स्थानमा नाम सिफारिस गर्न निर्वाचन आयोगले जसपालाई पत्र पठाएको थियो ।

आज बसेको सो पार्टीको बैठकले हसिना खातुनको नाम सिफारिस गरेको पार्टीका प्रवक्ता मनिष सुमनले बताए । जसपाको समानुपातिकतर्फ मुस्लिम कलस्टरकै दुई जना सांसदको निधन भएको हो ।

जसपाले २०७९ को चुनावमा प्रतिनिधि सभातर्फ समानुपातिकमा मुस्लिम कलस्टरमा एक जना पुरुषसहित तीन जना महिलालाई उम्मेदवार बनाएको थियो । त्यसमध्ये झापाकी ६३ वर्षीय सहनाज रहमान निर्वाचित भएकी थिइन् ।

२०७९ फागुन १३ गते ह्रदयघातका कारण उनको कारण निधन भएको थियो । भक्तपुरमा पिकनिक कार्यक्रममा गएका बेला अस्वस्थ भइ अस्पताल भर्ना भएकी उनको उपचारकै क्रममा निधन भएको थियो ।

उनको निधन भएपछि मुस्लिम महिला कलस्टरको दोस्रो नम्बरमा रहेकी सप्तरीकी ५८ वर्षीय मञ्जु अन्सारीलाई २०७९ चैत ६ गते निर्वाचन आयोगले निर्वाचित गरेको थियो ।

ठिक एक वर्षपछि मञ्जु अन्सारीको पनि चैत ४ गते ह्रदयघात भइ निधन भएको थियो । निर्वाचन आयोगको वेभसाइटमा राखिएको प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचनका लागि प्रकाशित उम्मेदवारको अन्तिम बन्दसूचीअनुसार मुस्लिम महिला कलस्टरको तेस्रो नम्बरमा बाँकेकी २७ वर्षीय हसिना खानको नाम रहेको छ । सोही कल्स्टर अनुसार हसिनाको.नाम जसपाले सिफारिस गरेको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖