• Tuesday 20th of October 2026

राजनैतिक स्थिरताका लागि कांग्रेस-एमाले मिल्नुको विकल्प छैन : नेता कोइराला


  • धनकुटा खबर
  • .

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले राजनैतिक स्थिरता र आर्थिक विकासका लागि कांग्रेस र एमाले एक ठाउँमा उभिनुको विकल्प नभएको बताएका छन् ।

बिहीबार विराटनगरमा संचारकर्मीहरुसंग कुरा गर्दै वरिष्ठ नेता डा. कोइरालाले संविधान ल्याउनका लागि कांग्रेस र एमाले एक ठाउँमा उभिए जस्तै मुलुकमा राजनैतिक स्थिरता र अर्थतन्त्र सुधारका लागि पुनः कांग्रेस र एमाले मिलेर अघि बढ्नुपर्ने र यसका लागि प्रयास जारी रहेको बताए ।

वर्तमान निर्वाचन प्रणालीले मुलुकको राजनैतिक स्थिरता नआउने भएकाले निर्वाचन प्रणालीमा सुधारका लागि संविधान संशोधन आवश्यक रहको उनको भनाइ छ ।

फरक प्रसंगमा वरिष्ठ नेता डा. शेखर कोइरालाले मुलुकमा पटक पटक सरकार परिवर्तनले जनतामा निराशा फैलिएको बताए । उनले संघिय सरकार मात्र नभई प्रदेश सरकार पनि पटक पटक परिवर्तन गर्न नहुने जिकिर गरे।

कोइरालाले कोशी प्रदेशको वर्तमान सरकार अझै अल्पमतमा नपरेको र विश्वासको मत लिनु नपर्ने संवैधानिक व्यवस्था भए पनि विश्वासको मत लिनु राम्रो हुने बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖