• Tuesday 20th of October 2026

उपेन्द्रले ओलीलाई दिए धोका , इलाम–२ मा हर्कको उम्मेद्वार थेगिमलाई सघाउने


  • धनकुटा खबर
  • .

काठमाडौं, २२ चैत्र । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आगामी बैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनमा आफ्नो पार्टीको उम्मेद्वार नउठाउने निर्णय गराएका छन् । सत्ता गठबन्धनका मुख्य घटकहरु एमाले र माओवादी केन्द्रले इलाम २ मा जसपाको पनि साथ पाउने अपेक्षा राखेका थिए ।

तर, जसपाका अध्यक्ष यादवले भने सो क्षेत्रमा पहिचानवादी नेता डकेन्द्रसिंह थेगिमलाई सघाउने भएका हुन् । थेगिमलाई धरानका मेयर हर्कराज राईको साथ छ । ०७९ को निर्वाचनमा एमाले र जसपाले सहकार्य गरेका थिए ।

एमालेले इलाम–२ मा सुहाङ नेम्वाङलाई उम्मेद्वार बनाएको छ । माओवादीले पनि सुहाङलाई सघाउने भनेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖