• Tuesday 20th of October 2026

सुनसरी जिप्रकाद्वारा दुई स्थानीय तहमा निषेधादेश जारी


  • धनकुटा खबर
  • .

काठमाडौं, २३ चैत । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाको हरिनगर गाउँपालिका र देवानगञ्ज गाउँपालिकाको वडा नम्बर १ र ७ मा निषेधादेश जारी गरेको छ ।

हिजो (बिहीबार) एसईई परीक्षा दिने क्रममा हरिनगर–१ मा रहेको बालकृष्ण माविमा दुई समूहबीच झडप भएको थियो । उक्त झडपका कारण सम्भावित सुरक्षा जोखिमलाई ध्यानमा राखेर निषेधादेश जारी गरिएको हो ।

आज मध्यान्ह १२ बजेदेखि लागू हुने गरी निषेधादेश जारी गरिएको छ । कामु प्रमुख जिल्ला अधिकारी वेदराज फुयलद्वारा हस्ताक्षरित सूचनामा अर्को सूचना जारी नभएसम्मका लागि निषेधादेश जारी भएको उल्लेख छ । अत्यावश्यक काममा सुरक्षा निकायसँग समन्वय गरी गरिने कार्यबाहेक सामूहिक रुपमा गरिने, सामाजिक, धार्मिक तथा राजनीतिक सभा गर्न रोक लगाइएको छ ।

आदेशको अवज्ञा गरे कारबाही गरिनेसमेत सचेत गराइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖