• Wednesday 21st of October 2026

२ मिनेट ४४ सेकेण्डमै श्रम स्विकृति हुन्छ : मन्त्री अर्याल


  • धनकुटा खबर
  • .

काठमाडौं, २५ चैत्र । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले आफू मन्त्रालयको नेतृत्वमा आएपछि एक घण्टाभित्रै श्रम स्वीकृति प्रदान गरिने व्यवस्था गरेको स्पष्ट पारेका छन् । आज (आइतबार) सिंहदरबारस्थित् मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री अर्यालले यस्तो बताएका हुन् ।

उनले भने,‘म सबै कर्मचारीलाई धन्यवाद दिन चाहन्छु । सारा नेपालीहरु, जो दुःखमा आफ्नो परिवार पाल्न र बालबच्चा पढाउन अनि आमाबुवाको उपचारको लागि विदेश जानुपरेको छ। यो बाध्यतात्मक अवस्था हो । विदेश जान्छु भनेर काठमाडौं आउने गरिब नागरिकलाई केही मान्छेले उहाँहरुलाई अझै गरिब बनाउनेजस्ता, मिटरब्याजजस्ता विभिन्न श्रोतबाट पैसा जम्मा गरेर, जसले चाहीँ श्रमस्विकृति मिलाईदिन्छु भनेर, जुन पीडामाथि पीडा थप्ने काम इतिहास भैरहेको छ, त्यसलाइृ अन्त्य गर्नको लागि यो टिमले जुन काम गर्नुभयो, सबै श्रय उहाँहरुलाई जान्छ । मन्त्रालयको तर्फबाट हृदयदेखि हार्दिक धन्यवाद भन्न चाहन्छु ।’

आफूले गरेको अध्ययनले विगतमा १५ दिनजतिमा मात्रै श्रम स्विकृति पाउने गरेको तथ्य पत्ता लगाएको सुनाए । उनले त्यसरी समय लाग्नुमा सफ्टवेयरको समस्या रहेको कुरा आफूले पत्ता लगाएको स्मरण गराए । प्राविधिक टिमले पूरै समय लगाएर समस्याको समाधानको लागि भूमिका खेलेको उनको भनाई छ । मन्त्रालयको आइटी टिमले समस्या खोतलेको र त्यसमा मन्त्रालयको तर्फबाट केही नीतिगत सुधार गरेको पनि उनले सुनाए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖