• Wednesday 21st of October 2026

विश्वकै प्रदुषित सहरको दोस्रो सूचीमा काठमाडौँ


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौँ विश्वकै प्रदुषित सहरको दोस्रो सूचीमा परेको छ । आइतबार साँझ ५ बजेको रेकर्डअनुसार नेपाल थाइल्याण्डको चियाङ माइपछिको सूचीमा परेको हो ।

आईक्युएयरका अनुसार नेपाल प्रदुषण स्तर १८३ एक्युआई यूएस रहेको छ । तेस्रो स्थानमा कोलकाता, चौथो स्थानमा बंगलादेशको ढाका, पाँचौँ स्थानमा भियतनामको हानोइ रहेको छ ।

केही दिनयता काठमाडौँ उपत्यकासहित नेपालको वायुमण्डल तुवाँलोले भरिएको छ । यसको खास कारण छिमेकी मुलुक भारतको उत्तरप्रदेशका विभिन्न स्थानका जंगलमा लागेको वन डढेलो र वर्षा नभएका कारण वायुमण्डलमा धुलाका कणहरु जम्मा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महशाखाका मौसमविद् सञ्जिव अधिकारीका अनुसार अहिले नेपालकै पहाडी जिल्लाहरुमा वन डढेलो लागिरहेको अवस्था छ । उनले उत्तर प्रदेशतिरको हावा नेपाली आकाशसम्मै आइपुगेको बताउँदै आकाशबाट पानी नपरिकन यो तुवाँलो नहट्ने उनले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖