• Wednesday 21st of October 2026

संसद्को गतिरोध अन्त्य गर्न शीर्ष नेताहरुसँग छलफल गर्दै सभामुख


  • धनकुटा खबर
  • .

काठमाडौं, चैत २६ । सभामुख देवराज घिमिरेले संसद्को गतिरोध अन्त्य गर्न प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग आज छलफल गर्दैछन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लगातार संसद्मा अवरोध गर्न थालेपछि मंगलबारको बैठक सुचारु गर्ने विषयमा छलफल गर्न शीर्ष नेताहरुलाई बोलाएका छन्।

छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपाका सभापति रवि लामिछानेलाई छलफलका लागि बोलाइएको छ।

नेपाली कांग्रेसले सहकारीको रकम अपचलन गरेको आरोपमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै आएको छ। कांग्रेसले उनीमाथि संसदीय छानबिन समिति नबनाए संसद् बैठक चल्न नदिने अल्टिमेटम दिइसकेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖