• Wednesday 21st of October 2026

पुर्वखानेपानीमन्त्री सवार गाडी कृष्णभिरमा दुर्घटना


  • धनकुटा खबर
  • .

काठमाडौ । पुर्वखानेपानीमन्त्री अब्दुल खान सवार गाडी दुर्घटनामा परेको छ । खान सवार बागमती प्रदेश बि एसी २७३५ नम्बरको गाडी धादिङको कृष्णभिरमा दुर्घटनामा परेको हो ।

गाडीमा खान, उनका चालक र अन्य तीन जना सवार रहेको ट्राफिक प्रहरीले जनाएको छ । उनीहरु सबै घाइते भएको र अवस्था सामान्य रहेको छ ।

गाडी चालक आलिम मन्सुरी हुन् । प्रहरीले के कसरी दुर्घटना भयो भनेर सोधपुछ गरिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖