• Wednesday 21st of October 2026

आज पनि बढ्यो सुनचाँदीको मूल्य, फेरी बनायो अर्को रेकर्ड


  • धनकुटा खबर
  • .

काठमाडौं : सोमबार छापावाल सुनको मूल्य ६ सय रूपैयाँले बढेको छ।

आइतबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँ कायम भएकोमा आज ६ सय रूपैयाँले बढेर १ लाख ३६ हजार २ सय रूपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३५ हजार ५५० रुपैयाँ कायम भएको छ।

आइतबार चाँदीको मूल्य प्रतितोला १६ सय ७० रुपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले बढेर १६ सय ८५ रूपैयाँ कायम भएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖