• Wednesday 21st of October 2026

छानबिन समिति नबनेसम्म रविलाई रोस्टममा जान नदिने कांग्रेसको निर्णय


  • धनकुटा खबर
  • .

काठमाडौं,२६ चैत । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति नबनेसम्म सदन चल्न नदिने निर्णय गरेको छ ।

आज पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको पार्टीको पदाधिकारीको बैठकले लानमिछानेमाथि छानबिन गर्न समिति नबनेसम्म उनलाई संसद्को रोस्टममा जान नदिने पनि निर्णय गरेको छ ।

संसदीय दलका नेतासमेत रहेका सभापति देउवाले यसबारे थप छलफलका लागि संसदीय दलको बैठक पनि आह्वान गरेका छन्। मंगलबार बिहान नयाँ बानेश्वरस्थित ल्होत्से हलमा संसदीय दलको बैठक बस्नेछ।

कांग्रेसले माग गरिरहेको संसदीय छानबिन समितिका बारेमा छलफल गर्न सभामुख देवराज घिमिरेले दलका नेताहरूलाई २ः३० बजे बोलाएका छन् । कांग्रेसबाट सभापति शेरबहादुर देउवा र प्रमुख सचेतक रमेश लेखक उक्त बैठकमा सहभागी हुने भएका छन् ।

उपप्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री लामिछाने सहकारी प्रकरणमा जोडिएकोले निष्पक्ष छानबिन गर्न संसदीय समिति गठनको आवश्यकता रहेको कांग्रेसले बताउँदै आएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖