• Wednesday 21st of October 2026

कोशीमा कार्की नेतृत्वको सरकारको दिनगन्ती सुरू,माओवादीका तीन मन्त्री फिर्ता


  • धनकुटा खबर
  • .

काठमाडौं,२६ चैत । नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारमा रहेका तीन जना मन्त्री फिर्ता बोलाएको छ । आज बसेको प्रदेश संसदीय दलको बैठकले तीन जना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

कोशीमा माओवादीबाट राजेन्द्र कार्की, नारायण बुर्जा मगर र गणेश आचार्य मन्त्री रहेका छन् ।

त्यस्तै नेकपा एमाले र नेकपा माओवादी केन्द्रले संयुक्त रुपमा कोशी सरकारलाई दिएको समर्थन फिर्ता लिने भएका छन् । कोशीका मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन आजै फिर्ता लिने दुई दलको तयारी छ ।

एमालेका प्रदेशसभा सदस्यले समर्थन फिर्ता लिन हस्ताक्षर गरिसकेका छन् । माओवादी संसदीय दलको अहिले बैठक बसिरहेको छ । बैठक सम्पन्न भएसँगै हस्ताक्षर गरेर समर्थन फिर्ता गरेको जानकारी संयुक्त रुपमा संसद सचिवालयमा गराउने तयारी भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖