• Wednesday 21st of October 2026

कोशीमा एमालेले पनि लियो मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता


  • धनकुटा खबर
  • .

काठमाडौं,२६ चैत । नेकपा एमालेले पनि कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिएको छ ।

सोमबार प्रदेश सभा सचिवालयलाई पत्र लेख्दै एमालेका ३९ जना सांसदका हस्ताक्षरसहित समर्थन फिर्ता लिएको जानकारी गराएको छ । आज अर्को दल नेकपा माओवादी केन्द्रले पनि कोशी सरकारलाई दिएको समर्थन फिर्ता लिँदै तीन जना मन्त्रीले राजीनामा दिएका थिए ।

केन्द्रमा गठबन्धन परिवर्तन भएसँगै प्रदेशमा पनि नयाँ सरकार बनाउने कसरत स्वरुप कार्की सरकालाई दिएको समर्थन फिर्ता गरिएको हो । कार्की एमालेको समर्थनमा कांग्रेसबाट विद्रोह गरी मुख्यमन्त्री बनेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖