• Wednesday 21st of October 2026

उड्नै लागेको समिट एयरको जहाजमा इन्धन चुहिएपछि…


  • धनकुटा खबर
  • .

धनगढी । धनगढीमा समिट एयरको जहाज ग्राउन्डेड गरिएको छ ।

सोमबार धनगढीबाट बझाङका लागि उड्नै लागेको समिट एयरको जहाजको दुबै तिरको पंखा नजिकबाट इन्धन चुहिएको देखिएपछि इन्जिन बन्द गरेर जहाजलाई ग्राउन्डेड गरिएको हो ।

जहाजमा इन्धन चुहिएको कुरा यात्रुले थाहा पाएपछि एयर होस्टेजलाई जानकारी गराएका थिए ।

लगत्तै उक्त जानकारी चालक दलका सदस्यलाई दिइएपछि ग्राउन्डेड गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖