• Wednesday 21st of October 2026

ठूलो दुर्घटनाबाट जोगियो समिट एअरको जहाज


  • धनकुटा खबर
  • .

धनगढी — धनगढीबाट बझाङका लागि उड्नै लागेको समिट एअरको जहाज दुर्घटनाबाट जोगिएको छ। जहाजको दुवैतिरको पंखा नजिकबाट इन्धन चुहिएपछि उड्नै लागेको जहाजको इन्जिन बन्द गरी ग्राउण्डेड गरिएको छ।

नाइन एनएमजी कल साइन भएको उक्त जहाजमा इन्धन चुहिएको बारे विमान चालक दलका सदस्यले कुनै पनि सुइँको पाएका थिएनन्।

जहाजमा रहेका एकजना यात्रुले इन्धन चुहिएको बारे एअर होस्टेजलाई जानकारी दिएपछि मात्रै चालक दलका सदस्यलाई विमानमा आएको खराबीबारे जानकारी भएको थियो।

त्यसपछि उड्नै लागेको जहाजको पंखा बन्द गरी उडान रद्द गरिएको छ। जहाज ग्राउण्डेड भए लगतै विमानस्थल स्थित अग्नि नियन्त्रकको टोलीले जहाजको निरीक्षण गरेको थियो।

काठमाडौंबाट इन्जिनियर आएर विमानको मर्मत गरिसकेपछि मात्रै उडान हुने समिट एअरले जनाएको छ।

‘दुवै ठाउँबाट इन्धन लिक भएको रहेछ। यस्तोमा इन्जिन तातिए पछि आकाशमै आगो लाग्ने खतरा हुन्छ,’ समिट एअरका कर्मचारी रोशन सिंहले भने ‘अब काठमाडौंबाट इन्जिनियर आएर मर्मत गरे पछि मात्रै जहाज हुनेछ ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖