• Wednesday 21st of October 2026

एपीएफको स्टोरमा लागेको आगो नियन्त्रणमा, क्षतिको विवरण आउन बाँकी


  • धनकुटा खबर
  • .

काठमाडौँ। सशस्त्र प्रहरी बल (एपीएफ) को सतुंगलस्थित स्टोरमा भएको आगलागी नियन्त्रणमा आएको छ ।

आज बिहान २ बजे आगो नियन्त्रणमा आएको सशस्त्रका सहप्रवक्ता शैलेन्द्र थापाले जानकरी दिए ।

उनका अनुसार आगलागीबाट भएको क्षतिको विवरण भने आइसकेको छैन ।

आगलागी नियन्त्रणका लागि ७ वटा दमकलका साथै स्काभेटर, ट्याङ्करसहित एक हजार बढी सुरक्षाफौज परिचालन गरिएको थियो ।

उक्त स्टोरमा लत्ताकपडाका सामानहरु राखिएको बताइएको छ । यसअघि सशस्त्र प्रहरी बलको मुख्यालयमा रहेको महत्वपूर्ण कागजात राखिएको स्टोरमा समेत आगलागी भएको थियो ।

स्टोरमा सोमबार राति आगलागी भएको थियो । उक्त विषयमा अध्ययन गर्न छानबिन समिति गठन गरिएको छ ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशिराज दाहालको अध्यक्षतामा ९ सदस्यिय छानबिन समिति गठन गरिएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖