• Wednesday 21st of October 2026

संसदीय दलको बैठकका बिच थापा र सिटौला पुगे प्रधानमन्त्री भेट्न बालुवाटार


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र राष्ट्रियसभा दलका नेता कृष्णप्रसाद सिटौला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् । नयाँ बानेश्वरको लोत्सहलमा जारी संसदीय दलको बैठककै बिचमा थापा र सिटौला प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार गएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले छलफलका लागि कांग्रेस सभापति देउवालाई बोलाएका थिए । देउवाले प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्न थापा र सिटौलालाई बालुवाटार पठाएका छन् ।

प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेताहरूबिच संसद् बैठक सञ्चालन लगायत समसामयिक विषयमा छलफल हुने जनाइएको छ । कांग्रेसले सहकारी ठगीमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग राखेको छ ।

एक महिनादेखि कांग्रेसले गृहमन्त्री लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै संसदमा विरोध गर्दै आएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖