• Wednesday 21st of October 2026

प्रधानमन्त्रीको कुरा सुकिसक्यौं, गृहमन्त्रीलाई बोल्न दिँदैनौं


  • धनकुटा खबर
  • .

काठमाडौं,२७ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय छानबिन समिति नबनेसम्म उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसद्मा बोल्न नदिने निर्णय गरेको छ ।

आज बिहान बसेको पार्टीको संसदीय दलको बैठकले सो निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । ‘तत्काल सहकारी ठगीका बारेमा संसदीय छानविन समिति गठन गर्न सरकारसँग माग गर्ने निर्णय गरेको छ’, बैठकपछि लेखकले भने, ‘कांग्रेस संसद अवरोध गर्न चाहदैन, तर नेपालीकांग्रेसको माग प्रति सरकार गैरजिम्मेवार भयो भने संसद अवरुद्ध भयो भने सरकारले लिनुपर्छ ।’

कांग्रेसले समिति गठन नगरे गृहमन्त्रीलाई संसदमा बोल्न नदिने चेतावनी दिएको छ । सहमतिका लागि सभामुख देवराज घिमिरेले सोमबार बोलाएको छलफलमा समेत नेताहरुले अडान नछोडेपछि संसदमा टकरावको अवस्था आउने देखिएको छ । आज ११ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖