• Wednesday 21st of October 2026

बालुवाटारमा सहमति नभएपछि…


  • धनकुटा खबर
  • .

काठमाडौँ । प्रतिनिधि सभामा उत्पन्न गतिरोध अन्त्य गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा सहमति नजुटेपछि सभामुख देवराज घिमिरेले थप संवाद अघि बढाएका छन् ।

मंगलबार बिहान सभामुख देवराज घिमिरे, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओली, गृहमन्त्री रवि लामिछाने, कांग्रेस सांसद कृष्ण सिटौला, गगन थापा लगायतका नेताहरूबिच बालुवाटारमा छलफल भए पनि संसद्को गतिरोध अन्त्य गर्ने विषयमा सहमति नजुटेको हो । बालुवाटारमा सहमति नजुटेपछि सभामुखले दलका प्रमुख सचेतकसँग छलफल थालेको सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिएका छन् ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा जोडिएका गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको अडान छाडेको छैन । कांग्रेसले सरकारले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी रकम अपचलनमा संलग्न रहेको घटनाप्रति छानबिन गर्न संसदीय समिति गठन नगर्नु सहकारी पीडितप्रति गैरजिम्मेवार भएको ठहर गरेको छ । आफूले उठाएको मागप्रति सरकार गैरजिम्मेवार भए संसदका काम कारबाही रोकिएको जिम्मा सरकारले लिनुपर्ने कांग्रेको भनाई छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖