• Wednesday 21st of October 2026

संसद्‍मा कांग्रेस र रास्वपा आमनेसमाने : बैठकको सुरुमै दुवै पक्ष उठे


  • धनकुटा खबर
  • .

काठमाडौँ । प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एकसाथ उठेका छन् । बैठकको सुरुमै दुवै दलका सांसद उठेर सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका छन् ।

संसद्को प्रतिपक्ष दल र सरकार पक्ष दलको बेन्चबाट सांसदहरू उठेपछि सभामुख घिमिरेले सुरुमा कांग्रेस सचेतक सुशीला थिङलाई ५ मिनेट बोल्न समय दिएका छन् । कांग्रेसले संसद्मा गृहमन्त्री रवि लामिछाने विरुद्ध बोलेका कुराको प्रतिवाद गर्ने रास्वपाले सङ्केत गरेको छ ।

आजै संसद्को गतिरोध अन्त्यका लागि प्रधानमन्त्री प्रचण्ड र सभामुख देवराज घिमिरेले बोलाएको बैठकमा सहमति हुन सकेन । कांग्रेसले गृहमन्त्री लामिछानेमाथि सहकारी प्रकरणमा संसदीय छानबिन समितिको माग गर्दै आएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖