• Wednesday 21st of October 2026

ट्राफिक व्‍यवस्‍थापन अस्तव्यस्त,काठमाडौंमा ट्राफिक जाम


  • धनकुटा खबर
  • .

काठमाडौंमा मंगलबार दिउँसो ट्राफिक व्‍यवस्‍थापन अस्तव्यस्त बनेको छ।

काठमाडौंको माइतीघर, त्रिपुरेश्वर, रत्नपार्क लगायत क्षेत्रमा सवारी साधनको चाप उच्च हुँदा ट्राफिक व्यवस्थापनमा समस्या भइरहेको छ।
अहिले भद्रकालीबाट सिंहदरबारतर्फ सवारीसाधन जान दिइएको छैन।

त्यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रदर्शन गरिरहेको छ। सरकारसँग राखेका ४० बुँदे माग पूरा नभएको विरोधमा राप्रपाले मंगलबार काठमाडौंमा प्रदर्शन गरिरहेको छ।

राप्रपाको प्रदर्शन रहेकोले सवारी साधनलाई डाइभर्जन गरिएको छ।
तीनकुने, महाराजगञ्ज क्षेत्रबाट ठूला सवारी साधनलाई भित्र प्रवेश गर्न दिइएको छैन। -नवीनबाबु गुरूङ/सेतोपाटी

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖