काठमाडौं। मंगलबार दिउँसो साढे ४ देखि साँझ ५ बजेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुने भएको छ।
कतारी राजा शेख तमिम बिन हमाद अल थानी आउने बेला आधा घण्टा विमानस्थल बन्द हुने ‘नोटिस टु एयरमेन’ (नोटाम) जारी गरिएको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए।
राजकीय भ्रमणका सिलसिलामा अतिविशिष्ट पाहुनाको सम्मान र सुरक्षाका विमानस्थल बन्द गर्ने प्रचलन रहेको छ।
राजा तीन वटा निजी जहाज लिएर २ दिने भ्रमणका लागि नेपाल आउदै छन्।
