बझाङ प्रदेश सभा क्षेत्र नं. १ काे उपनिर्वाचनमा नेकपा (एमाले)का उम्मेदवार दमनबहादुर भण्डारीलाई पितृशाेक परेकाे छ । एमाले उम्मेदवार भण्डारीका बुवा चक्रबहादुर भण्डारीकाे ८८ वर्षकाे उमेरमा मंगलबार बिहान निधन भएकाे हाे ।उपनिर्वाचनकाे चुनावी प्रचारका क्रममा रहेका बेला उम्मेदवार भण्डारीका बुवाकाे निधन भएपछि एक दिनलाई प्रचार स्थगित गरिएकाे एमालेका बझाङ जिल्ला इन्चार्ज राजेन्द्र रावलले बताए ।
भण्डारी दुई हप्तादेखि बिरामी थिए। छबिस पाथिभेरा गाउँपालिका-१, भण्डारीगाउँ निवासी उनकाे अन्तिम संस्कार बुधवार बिहान गरिने आफन्तजनले बताएका छन् ।
बुधवारदेखि नै चुनावी अभियानलाई निरन्तरता दिइने इन्चार्ज रावले जानकारी दिए।२०७९ मंसिरको निर्वाचनमा बझाङ-१ बाट निर्वाचित नेपाली कांग्रेसका प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहकाे २०७९ असार ५ गते सवारी दुर्घटनामा मृत्यु भएपछि वैशाख १५ गते उपनिर्वाचन हुँदैछ । बझाङ प्रदेश सभा १ को उपनिर्वाचनमा कांग्रेसले उनै पृथ्वीबहादुरका पुत्र अभिषेक सिंहलाई दिएको छ।
