• Thursday 22nd of October 2026

२७ विद्यालयलाई कक्षा/विषय थप गर्न महानगरको अनुमति


  • धनकुटा खबर
  • .

काठमाडौं । काठमाडौं महानगरपालिकाको शिक्षा समितिले २७ वटा विद्यालयलाई कक्षा/विषय थप गर्न अनुमति दिने निर्णय गरेको छ । गएको आइतबार महानगरका प्रमुख बालेन्द्र शाह (बालेन)को अध्यक्षतामा बसेको बैठकले कक्षा/विषय थप गर्न अनुमति दिने निर्णय गरेको हो ।

सम्बन्धित क्षेत्रका विद्यालय निरीक्षक, स्रोत शिक्षक र महानगरपालिकाको सहरी योजना आयोगले गरेको स्थलगत अनुगमनबाट प्राप्त सिफारिसका आधारमा कक्षा/विषय थप गर्न अनुमति दिएको हो ।

यसका लागि ४१ वटा निवेदन आएका थिए । यीमध्ये सात वटालाई अनुमति नदिने र नाम परिवर्तनको निवेदन प्राप्त भए थप चार वटालाई अनुमति दिने निर्णय भएको छ ।

त्यस्तै, धार्मिक विद्यालय दर्ताका सम्बन्धमा नेत्रनारायण पौडेलको संयोजकत्वमा अध्ययन समिति गठन गरिएको छ । कानुन विभागको अधिकृत स्तरको प्रतिनिधि र सम्बन्धित क्षेत्रको विद्यालय निरीक्षकलाई समितिको सदस्य राखिएको छ ।

वैठकले, नामसारीका लागि आएका चार वटा निवेदनमध्ये दुई वटालाई अनुमति नदिने, दुई वटाले नाम परिवर्तनका लागि निवेदन दिए अनुमति दिने निर्णय गरेको छ ।

स्थान परिवर्तनका लागि आएका सात वटा निवेदनमाथि छलफल गर्दै नाम परिवर्तनको निवेदन दिएमा चार वटालाई अनुमति दिने निर्णय भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖