• Thursday 22nd of October 2026

उपनिर्वाचन : आज राति १२ बजेबाट प्रचारप्रसार गर्न नपाइने


  • धनकुटा खबर
  • .

काठमाडौँ । आज राति १२ बजेबाट उपनिर्वाचनको प्रचारप्रसार गर्न नपाइने भएको छ । निर्वाचन आयोगका अनुसार वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज राति १२ बजेबाट प्रचार गर्न निषेध गरिएको छ ।

निर्वाचन आचारसंहिताअनुसार निर्वाचन हुने ४८ घण्टाअघिदेखि चुनावको प्रचारप्रसार गर्न नपाइने निर्वाचन आयोगले जानकारी दिएको छ ।

वैशाख १५ गते प्रतिनिधिसभातर्फ इलाम–२ र प्रदेशतर्फ बझाङ १ को १ मा उपनिर्वाचन हुँदै छ । इलाममा १९ र बझाङमा ११ उम्मेदवार चुनावी मैदानमा छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖