• Thursday 22nd of October 2026

भारत-नेपाल सीमा नाका भयो बन्द


  • धनकुटा खबर
  • .

विराटनगर । इलाम र झापाका सीमा नाका मंगलबार रातिदेखि बन्द भएका छ।

इलाम–२ मा वैशाख १५ गते हुने उपनिर्वाचन र छिमेकी राष्ट्र भारतमा यही अप्रिल २६ तारिख अर्थात् वैशाख १४ गते शुक्रबारका दिन लोकसभा निर्वाचनको दोस्रो चरणको मतदानका लागि सीमा नाका बन्द भएको हो।

इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार मंगलबार राति १२ बजेबाट नाका बन्द भएको हो।

दोस्रो चरणमा नेपालको सीमा जोडिएको पश्चिम बङ्गालको दार्जीलिङ र विहारको किशनगञ्ज जिल्लामा एकै दिन मतदान हुँदैछ। सीमा नाका जोडिएका जिल्लामा मतदान हुने भएपछि भारतीय सुरक्षानिकायको आग्रह बमोजिम मतदानको ७२ घण्टा अघिदेखि सीमा नाका बन्द गर्न लागिएको जनाइएको छ।

इलामको पशुपतिनगर, झापाको काँकडभिट्टा, भद्रपुर, टाघनडुब्बा, गौरीगञ्ज लगायतका नाका बन्द हुने भएको छ। अप्रिल २६ मा पश्चिम बङ्गालका दार्जीलिङसहित रायगञ्ज र बालुरघाटमा मतदान हुन लागेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖