• Thursday 22nd of October 2026

दुर्घटनामा ज्यान गुमाएका एउटै मोटरसाइकलमा सवार तीन युवा एकै वडाका


  • धनकुटा खबर
  • .

काठमाडौं। महेन्द्र राजमार्गअन्तर्गत झापाको झिलझिलेमा बुधवार बिहान भएको दुर्घटनामा ज्यान गुमाएका तीन युवा एकै वडाको भएको खुलेको छ।

झिलझिलेबाट सुरुङ्गातर्फ गइरहेको मोटरसाइकल बिहान ५ बजेर १८ मिनेटमा ओभरटेक गर्न खोज्दा अनियन्त्रित भई विपरीत दिशाबाट आइरहेको बोलेरोमा ठोक्किएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

झापा प्रहरी प्रवक्ता कृष्ण चन्दले मोटरसाइकल अनियन्त्रित भएर बोलेरोसँग ठोक्किएको पाइएको बताए। गम्भीर घाइते हुन पुगेका मोटरसाइकलमा सवार तीनै जनालाई तत्कालै अस्पताल पुर्‍याइएपनि चिकित्सकले पछि मृत घोषणा गरेका थिए।

मृत्यु हुनेमा झापाको कमल गाउँपालिका-४ का २५ वर्षीय मौसम राई, २० वर्षीय युनिष भण्डारी र १७ वर्षीय सरोज रेग्मी रहेका छन्।

कमल-४ का वडाध्यक्ष चन्द्रप्रसाद भट्टराईले दुर्घटनाको खबरपछि वडा नै स्तब्ध र शोकमा डुबेको बताए। ‘बिहानै माइमा नुहाउन जाँदा दुर्घटना भएको भन्ने छ।

दुर्घटनाको खबरपछि वडा नै शोकमा डुबेको छ’, वडाध्यक्ष भट्टराईले भने। प्रहरीका अनुसार मे ३ प ५००१ नम्बरको मोटरसाइकल राईले चलाएका थिए। उनले हेलमेट पनि नलगाई मोटरसाइकल चलाएका थिए।

एकै दिशातर्फ गइरहेको अर्को गाडीलाई ओभरटेक गर्न खोज्दा अगाडिबाट आइरहेको प्र १-०१-००१ च ९३२९ नम्बरको बोलेरोसँग ठोक्किन पुगेको अनुसन्धानमा देखिएको छ। प्रहरीले बोलेरो र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖