• Thursday 22nd of October 2026

काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको जीप दुर्घटना


  • धनकुटा खबर
  • .

१३ वैशाख, काठमाडौं । थानकोटबाट चित्लाङ हुँदै हेटौडाका लागि छुटेको जीप दुर्घटनामा परेको छ ।

बिहीबार बिहान साढे ९ बजेतिर चन्द्रागिरी नगरपालिका–४ थानकोटस्थित कालो होल भन्ने ठाउँमा ना १ ज ६२६१ नम्बरको जीप दुर्घटनामा परेको हो । उक्त जीप काठमाडौंबाट चित्लाङ हुँदै हेटौडा जाँदै थियो ।

उकालोमा तान्न नसकेपछि यात्रु झारेर हाँकेको बेलामा दुर्घटना भएकाले मानवीय क्षति नभएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।

उकालो चढाउने क्रममा जीप पछाडि सरेर सडकबाट करिब ५० मिटर तल खसेको एसपी अधिकारीले बताए । जीपमा ११ जना सवार भए पनि सबैलाई झारेर उकालो चढाउन लाग्दा दुर्घटना भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖