• Thursday 22nd of October 2026

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई दुई लाख जरिवाना


  • धनकुटा खबर
  • .

काठमाण्डौ – गुणस्तरहीन चाउचाउ भेटिएपछि काठमाण्डौ महानगरपालिकाको कृषि तथा पशुपंक्षी विभागले चौधरी ग्रुपलाई दुई लाख रुपैयाँ जरिवाना तोकेको छ । सात दिनभित्र जरिवाना बुझाउन महानगरले निर्देशन दिएको हो ।

गुणस्तर परीक्षणमा चाउचाउमा प्रयोग भएको एसिड भ्यालु धेरै रहेको पाइएपछि जरिवाना गरिएको महानगरपालिकाले जनाएको छ । तेलको गुणस्तर नभएका कारण चाउचाउमा एसिड भ्यालु धेरै भएको पाइएको हो । काठमाण्डौ महानगरको वडा ६, सरस्वती नगरको किराना पसलबाट वैशाख २ गते चाउचाउ जफत गरेर परीक्षण गरिएको थियो ।

गएको चैत महिनामा उत्पादित ६० ग्राम तौल भएका, अधिकतम बिक्री मूल्य २० रुपैयाँ पर्ने ती चाउचाउ प्रयोगशालामा परीक्षणपछि न्यून गुणस्तरको प्रमाणित भएको महानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖