• Thursday 22nd of October 2026

आफ्नै घरकाे छतबाट खसेर युवकको मृत्यु


  • धनकुटा खबर
  • .

काठमाडाैं : आफ्नै घरको छतबाट खसेर भक्तपुरमा एक युवकको मृत्यु भएको छ। भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ४, हर्षचोक बस्ने वर्ष ३९ को सुवर्ण मानन्धर आफ्नै चारतले पक्की घरको छतबाट अचानक भुईमा खस्न जाँदा घाइते भई मृत्यु भएको हो।

जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएअनुसार खसेर घाइते भएपछि उपचारका लागि निजको छोराले मध्यपुर ठिमी अस्पताल लगेको थियो। तर, उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनास्थमा प्रहरी वृत ठिमी भक्तपुरबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटिई गई प्रारम्भिक अनुसन्धान कार्य गरिएको जनाइएको छ। घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको भक्तपुर प्रहरी परिसरका सूचना अधिकारी राजन कार्कीले जनाए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖