• Thursday 22nd of October 2026

परीक्षामा फेल भइन् एमाले नेतृ शान्ता चौधरी, भन्छिन्- दिमाग खराब गर्‍यो


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा एमालेकी नेतृ शान्ता चौधरी स्नातक तहको पहिलो वर्षको परीक्षामा फेल भएकी छिन्।
सामाजिक सञ्जालमार्फत् चौधरीले आफू अंग्रेजी र ग्रामिण विकास (आरडी) विषयमा फेल भएको जानकारी दिएकी हुन्।

‘लौ जा ! यो पटक चाँही ब्याचलर फर्स्ट ईअरमै फेल भैयो है ! बुढेसकालको पढाइन पर्यो ! केहि छैन लडेर फेरि उठ्ने छु !’ चौधरीले भनिन् ।

उनले थपिन्, ‘हिम्मत गरेर अगाडि बढनु हुन अनुरोध गरे मैले मसँग फेल हुने मेरा प्यारा साथीहरूलाई, बधाई तथा शुभकामना छ पास हुने मेरा सम्पूर्ण साथीहरूलाई,अंग्रेजी र आरडी यो दुई वटा विषयले दिमाग खराब गर्‍यो।’उनी हाल राजनीतिमा धेरै सक्रिय छैनन् । चौधरी अचार उद्योग खोलेर दाङमा व्यवसाय गरिरहेकी छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖