काठमाडौं,१४ वैशाख । सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुनलाई सीआईबीले नियन्त्रणमा लिएको छ । शुक्रबार धरौटी बुझाएर रिहा हुने तरखरमा रहेका पुनलाई रुपन्देही प्रहरीले फेरि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा बुझाएको छ।
वुटबलमा रहेको सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका उनीसँग जिल्ला अदालतले ४ लाख धरौटी माग गरेको थियो । तर, धरौटी बुझाउन नसकेपछि उनी एक सातादेखि कारागारमै थिए ।
वैशाख ७ गते शुक्रबार रुपन्देही जिल्ला अदालतले थुनछेक बहसपछि ६ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । पाँच जना सोही दिन छुटेका थिए । पुन भने आज रकम जम्मा गरेर कारागारबाट निस्किन लागेका थिए ।।
पुन पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा हुन् । उनी सत्तारुढ नेकपा माआवादी केन्द्रको विद्यार्थी संगठनका महासचिवसमेत हु्न । उनी गत साउनमा बरामद भएको ६० किलो सनु तस्करी प्रकरणमासमेत जोडिएका पात्र हुन् ।
पुनलाई सीआईबीले काठमाडौं ल्याउँदै छ।
