• Thursday 22nd of October 2026

गृहमन्त्री लामिछानेले भने– सहकारी सञ्चालकहरूको सम्पत्ति रोक्का गरेर पीडितको रकम फिर्ता गर्छौं


  • धनकुटा खबर
  • .

काठमाडौँ । गृहमन्त्री रवि लामिछानेले सहकारी सञ्चालकहरूको सम्पत्ति रोक्का गरेर गरेर पीडितहरूको रकम फिर्ता गर्ने बताएका छन् ।

शुक्रबार मन्त्रालयमा सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघका पदाधिकारीहरूसँगको भेटका क्रममा बोल्दै गृहमन्त्री लामिछानेले सहकारी सञ्चालकहरूको सम्पत्ति रोक्का गरेर त्यसबाटै पीडितहरूको रकम फिर्ता गरिने बताएका हुन् । उनले आफूले यससम्बन्धी प्रस्ताव मन्त्रिपरिषद् बैठकमा लगेको र सो प्रस्तावमा सिङ्गो मन्त्रिपरिषद् नै एक ठाउँमा उभिएको बताए ।

अनुसन्धान र कानुनी प्रक्रिया लामो समय जाँदा पीडितलाई झन् धेरै समस्या थपिएको भन्दै उनले कानुनी प्रक्रिया चल्दै गर्दा नै सञ्चालकहरूको सम्पत्ति रोक्का गर्न भने ढिलो गर्नु नहुने बताए । उनले सम्पत्ति रोक्का गरेर तत्काल कानुन बनाएर सो सम्पत्तिलाई बेचबिखन गरी फिर्ता गर्न सुरुवात गरिने बताए । उनले सरकारले यस सम्बन्धमा निर्णय नै गरिसकेको बताए । उनले चाँडै नै फरार रहेका, प्रमाणित भएका, ठगी गरेका मानिसहरूको सम्पत्ति रोक्का गरेर त्यसबाट पीडितहरूलाई न्याय दिने क्रमको सुरुवात हुने बताए ।

गृहमन्त्री लामिछानेले सहकारीको पैसा ठगेका र हाल सो पैसा तिर्छु भन्नेहरूका लागि पनि पैसा तिर्ने अवसर दिनुपर्ने बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖