• Thursday 22nd of October 2026

अपडेट : इलाममा २२ प्रतिशत मतदान


  • धनकुटा खबर
  • .

१५ वैशाख, इलाम । इलाम २ को उपचिर्वाचनमा २२ प्रतिशत मत खसेको छ ।

मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बिहान ११ बजेसम्म २२ प्रतिशत मतदान भएको बताए ।

विभिन्न केन्द्रहरुमा कुनैमा २० त कुनैमा २४ प्रतिशतसम्म मत खसेको घिमिरेले अनलाइनखबलाई बताए । उनले भने, ‘कुनैमा १८/२० त कुनैमा २२/२४ प्रतिशत मत खसेको अनुमान गरिएको छ ।’

इलामको दिउँसोको मौसम धेरै गर्मी नहुने देखिएपछि अधिकांश मतदाता दिउँसो मत हाल्न मतदान केन्द्रमा जाने आंकलन गरिएको छ ।

इलाम-२ मा सुवास नेम्वाङको निधन भएपछि प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖