• Thursday 22nd of October 2026

रास्वपा उम्मेदवार मिलन लिम्बूले गरे आचारसंहिता उल्लंघन


  • धनकुटा खबर
  • .

काठमाडौं, वैशाख १५ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले निर्वाचन आचारसंहिताको उल्लंघन गरेका छन् । शनिबार मतदानका क्रममा उनले निर्वाचन आचारसंहता उल्लंघन गर्दै मतदानमा सहभागी भएका छन्।

निर्वाचन आयोगका अनुसार मतदान केन्द्रमा कुनै पनि दलको निर्वाचन चिन्ह अंकित पोशाक वा ब्याज लगाउन नपाइने भएपनि रास्वपा उम्मेदवार लिम्बूले भने आफ्नो चुनाव चिह्न घन्टी अंकित भएको ब्याज लगाएरै मतदान गरेका छन्।

शनिबार बिहान माङसेबुङ-२ स्थित जनताकल्याण आवासीय विद्यालय मतदानस्थलको ‘ख’ केन्द्रमा पहिलो मतदान गरेका लिम्बुले घन्टी चिन्ह अङ्कित ब्याज लगाएरै मतदान गरेका हुन्।

मतदानपछि उनी निर्वाचना चिन्हको ब्याज लगाएरै मतदानकेन्द्रमा धुमिरहेका छन् । उनलाई निर्वाचन अधिकृतले समेत ब्याजको प्रयोगमा रोक लगाएका छैनन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖