• Thursday 22nd of October 2026

इलाम–२ मा किरियापुत्रीले गरे मतदान


  • धनकुटा खबर
  • .

१५ वैशाख, इलाम । इलाम–२ मा प्रतिनिधिसभा उपनिर्वाचनमा शनिबार एक जना किरियापुत्रीले पनि मतदान गरेका छन् ।

आफ्नी आमाको किरिया बसेका रजिन खड्काले दृपादेवी आधारभूत विद्यालय मतदान केन्द्र क मा पुगेर मतदान गरेका हुन् ।

मतदान गर्न पाउने आफ्नो अधिकार प्रयोग गरेर अरु मतदातालाई मतदानको महत्व बुझाउन किरिया बसेको समयमा पनि मतदान केन्द्रमा आएको खड्काले प्रतिक्रिया दिए ।

इलाम–२ बाट गत ४ मंसिर २०७९ मा भएको चुनावमा निर्वाचित एमाले नेता सुवासचन्द्र नेम्वाङको निधन भएपछि त्यहाँ उपनिर्वाचन गरिएको हो । शनिबार विहानदेखि नै इलाम–२ मा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖