• Thursday 22nd of October 2026

कांग्रेस–एमाले नेताहरुको एयरपोर्टमा जम्काभेट


  • धनकुटा खबर
  • .

काठमाडौं, १५ बैशाख । नेपाली कांग्रेस र एमालेका नेताहरुबीच जम्काभेट भएको छ ।

एमाले महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्य लेखराज भट्ट, कांग्रेस नेता रमेश लेखक, चन्द्र भण्डारीलगायतका नेताहरुको आज काठमाडौंको आन्तरिक विमानस्थलमा भेटवार्ता भएको हो ।

चन्द्र भण्डारी र रमेश लेखकले एमाले नेताहरुसँगको एयरपोर्टमा भएको उक्त भेटको तस्विर सार्वजनिक गरेका छन् । पछिल्लो समय एमाले र कांग्रेसबीच सत्ता–सहकार्यको हल्ला चलेको छ । तर, एमालेका शीर्ष नेताहरुले भने उक्त हल्लामा कुनै सत्यता नभएको स्पष्ट पार्दै आएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖