• Thursday 22nd of October 2026

इलाम चोकबजारको डिस्प्लेबाट मतगणनाको अपडेट देखाइने


  • धनकुटा खबर
  • .

इलाम क्षेत्र नम्बर २ मा आजै रातिबाट मतगणना गर्नेगरी तयारी थालिएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतपेटिका संकलन भइसक्नेबित्तिकै सर्वदलीय बैठक राखेर मतगणना सुरु गरिनेछ।

मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेका अनुसार, इलाम बजारस्थित गौतम बुद्ध सिटी हलमा मतगणना हुनेछ।

उक्त मतगणनाको प्रत्येक एक घन्टामा चोक बजारमा रहेको डिस्प्लेबाट समेत मतपरिणाम देखाइनेगरी तयारी अघि बढाइएको छ।

यो क्षेत्रमा एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेकामा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।

गणनास्थलमा ११ सिसी क्यामेरा जडान गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖